मनहरी–चैत १३ गते । मनहरी सामुदायिक आँखा केन्द्रलाई फिल्टर सहयोग गरिएको छ । मनहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समतितिले केन्द्रलाई फिल्टर सहयोग गरेको हो ।

आँखा केन्द्रका कर्मचारी र सेवाग्राहीलाई शुद्ध तथा सफा पिउने पानी पिलाउने हेतुले फिल्टर सहायोग गरिएको मनहरी खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवन कुमार जोशीले बताउनुभयो ।

आइतबार आँखा केन्द्रको कार्यालयमा नै पुगेर खानेपानीका अध्यक्ष भुवन कुमार जोशी, सचिब पुस्कर सुवेदीले आँखा केन्द्रका प्रमुख डाक्टर सुपेन्द्र ताम्राकारलाई फिल्टर सहयोग गरिएको छ ।

२० लिटर क्षमताको तातो र चिसो दुबै सुविधा भएको इलेक्ट्रिक हिटर प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here