मनहरी–चैत ०९ गते । राक्सिराङ सब डिभिजन वन कार्यालयको सहकार्यमा राक्सिराङका ११ जना वन हेरालुलाई जीवन बिमा गरिएको छ ।

राक्सिराङ सब डिभिजन वन कार्यालय अन्तर्गतका ६ वटा सामुदायिक वनका ११ जना वन हेरालुलाई बिमा गरी बिमा पोलिसि समेत प्रदान गरेको छ ।

साथै उनीहरुलाई फिल्ड गिएरमा बुट, हाइकिंग स्टिक, झोला, हेड लाइट, तुम्लेट, ड्रेस, प्राथमिका उपचार बाकस, टोपी लागयतका सामानहरु समेत वितरण गरिएको छ ।

चैत बैशाख लागे संगै वनमा डढेलो जाने हुँदा डढेलो निभाउन जाँदा जोखिम न्युनिकरण गर्नका लागि सो सामग्री वितरण गरिएको हो ।

राक्सिराङ सव डिभिजन अन्तर्गतका म्हेन्दोलिङ सामुदायिक वन उपभोक्ता समिति वडा नम्बर १ का २ जना, शुराङ्गे सामुदायिक वन उपभोक्ता समिति वडा नम्बर २ का २ जना, लाली गुँरास सामुदायिका वन उपभोक्ता समिति वडा नम्बर ४ का १ जना, दक्षिणकाली सामुदायिक वन उपभोक्ता समितिका वडा नम्बर ५ का १ जना, जनजागृति सामुदायिक वन उपभोक्ता समिति वडा नम्बर ६ का २ जना र वडा नम्बर ६ कै सिलिङ्गे सामुदायिका वन उपोभक्ता समितिका ३ जना गरी ११ जना लाई बिमा पोलिसि सहित सहायक सामग्री प्रदान गरेको हो ।

राप्ती डिभिजन वन कार्यालय मनहरीमा एक कार्यक्रमका विच उक्त सामग्री वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here