मनहरी–चैत ०९ गते । पर्सा बन्यजन्तु निकुन्ज अन्तर्गत मध्यवर्ती ब्यबस्थापन समिति (काउन्सिल) को अध्यक्ष पदमा सिताराम अर्याल निर्वाचित हुनु भएको छ ।

बुधबार भएको कार्यक्रममा अर्याल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । ३ वटा जिल्लाको १३ वटा इकाई परिषदका अध्यक्षहरु विच भएको छलफलबाट अर्याल सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको हो ।

अर्याल यस अघि मनहरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा १३ इकाइका अध्यक्षहरु, संरक्षण अधिकृत (वार्डेन), नेपाली काङ्ग्रेस गाउँ कमिटीका अध्यक्ष प्रकाश बर्ताैला, सञ्चारकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यकाल ५ वर्षको हुनेछ ।

काउन्सिलको अध्यक्षको पदभार ग्रहण कार्यक्रममा बोल्दै जनताको लागी घर गोठ बनाउन, मठ–मन्दिर, पाटी, पौवा, गुम्बा, मश्जिद बनाउन र बाटा घाटा निर्माणमा आइपर्ने काठ उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।

अर्याल नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य तथा क्षेत्रिय प्रतिनिधि समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here