मनहरी–चैत ०८ गते । मनहरी–६ रुपाचुरीमा रुखको हाँगा भाँचेर लाग्दा १ जनाको मृत्यु भएको छ । मंगलबार आएको ठुलो हावाहुरीका कारण रुखको हाँगा भाँचेर लाग्दा मनहरी– ६ का स्थानीय १ पुरुषको मृत्यु भएको हो ।

चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्र वाट कटान मुछान गरेर घर फर्कने क्रममा मंगलबार आएको हावाहुरीको कारण रुखको हाँगा भाँचेर लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलानको मृत्यु भएको स्थानीय पत्रकार गोपिराज घलानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here