राक्सिराङ । चैत ८ गते–भीरबाट लडेर मृत्यु भएकका राक्सिराङ गाउँपालिका ४ का हस्तबहादुर चेपाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रिद्धिसिद्धि सिमेन्ट उद्योग, बानियाँ निर्माण सेवा र मोतिदान कन्ट्रक्सनले संयुक्त रुपमा मृतक परिवारलाई ४ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

गत फागुन ५ गते भीरबाट लडेर ४३ बर्षीय हस्तबहादुरको मृत्यु भएको थियो । उहाँको मृत्युसँगै दुई श्रीमती र ७ जना स–साना छोराछोरी आश्रयबिहिन बनेका छन् । आश्रय बिहिन बनेको परिवारलाई केही हदसम्म भए पनि राहत महसुस गराउन आर्थिक सहयोगको व्यवस्थाका लागि चेपाङसम्बद्ध संघसंस्था तथा नेतृत्वगणले पहल गरेको थियो । रिद्धिसिद्धि सिमेन्टका तर्फबाट सन्तबहादुर थिङले मृतकका श्रीमती र छोरालाई ३ लाख ५० हजार रुपियाँ नगद रकम हस्तान्तरण गर्नु भएको हो । घटना लगत्तै ५० हजार रुपियाँ परिवारलाई शवको व्यवस्थापनका लागि यसअघि नै प्रदान गरिएकको थियो ।

मनहरीमा पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै सरोकारवालाहरुले आगामी दिनमा पनि परिवारको सुखदुःखमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व जनप्रतिनिधि एबम् नेकपा एकीकृत समाजवादीका राक्सिराङ इन्चार्ज कृष्णबहादुर चेपाङ, नेपाल चेपाङ संघ राक्सिराङका अध्यक्ष सोमलाल प्रजा, सञ्चारकर्मी शिवकुमार काशी, चेपाङ अगुवा दिलबहादुर प्रजा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here