मकवानपुरचैत ०६ गते । आगामी स्थानीय निर्वाचनमा खटाउनको लागि म्यादी प्रहरी भर्ना गर्न आइतबारबाट आवेदन खुला गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रवक्ता राज कुमार सापकोटका अनुसार मकवानपुर जिल्लामा आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुल्ला गरिएको जानकारी दिनुभयो ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्ने भएकोले सोही संख्यामा म्यादी प्रहरीको भर्ना खुल्ला गरिएको उहाँले बताउनुभयो ।

उहाँले आइतबाबाट एक हप्तासम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने बताउनुभयो । म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको र १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउने बताइएको छ ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा १ सय २ वडा रहेको छ । स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ सय ५९ वटा मतदानस्थल रहने बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।

कार्यलयले आउँदो चैत १४ गतेसम्म निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावलि सार्वजनिक हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here