हेटौंडा–चैत १ गते । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरमा माधव न्यौपानेले नेतृत्व सम्हाल्नु भएको छ ।

मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा कबिन सांगामी, महासचिब रबिन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलिया, कोषाध्यक्षमा शम्भु पुडासैनी र सहकोषाध्यक्षमा विवेक भण्डारी चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणि थिङ, सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन हुनु भएको छ ।

बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रीय बाणिज्य सभापति निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here