मनहरी–फागुन ३० गते । औपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत मनहरी गाउपालिकामा गठन भएको मानवअधिकारको सम्मवनयनमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

मानव अधिकार समुह मनहरीका संयोजक बिमला गोपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रममा स्वास्थ्य क्षेत्रमा बिकृती, गाउपालिकाबाट सिफारिस लिदाँ गाउपालिकाबाटा भोग्नुपरेको समस्या, स्वास्थ्य बिमा कार्डको सेवा लिँदा अस्पातलमा रिफर लिन अरुकै सिफारिस लिन पर्ने, स्वास्थ्य कर्मचारिबाट अभद्र व्यवहार सहनुपरेको, प्रेसर तथा सुगरका बिरामीहरुले हस्पिटलबाट औषधी नपाएको, धुवा धुलो प्रभावित क्षेत्रमा ६÷६ महिनामा स्वास्थ्य जाँच कार्यक्रमाको कार्यवनयन जस्ता स्वास्थ्य बिमा कार्यक्रमा वृद्धवृद्धाहरुलाई बिशेष परामर्श सहितको उपचार कक्षको स्थापना जस्ता बिषयहरु उठेको थियो ।

छलफलको क्रममा उठेका सवालको जवाफ दिनुहुँदै मनहरी अस्पातलका ईन्चार्ज शिवराम बानिँयाले पछील्लो समयमा अस्पातलमा सुगर तथा प्रेसरका औषधीको अभाव भएको स्विकार्नुभएको थियो ।

साथै सुगर रोगीले सेवन गर्ने औषधीमा २० थरिका औषधी रहेकोमा २ प्रकारको मात्र रहेको र सबैभन्डा बढी त्यही २ प्रकारको अन्तरगत पर्ने भएकाले बिरामीहरुको लागि औषधी सुलभ रुपमा प्राप्त नहुँदा गुनासो आउनु स्वाभाबिक रहेको बताउनुभयो । १४÷१६ प्रकारको प्रेसरका औषधी मा पनि बाकी १÷२ आईटम खाने संख्याको धेरै रहेको र सोही औषधीको उपलब्धता नभएको बताउनुभयो । त्यस्तै गरी नियमित रुपमा सुगर प्रेसरका बिरामीहरु ५००÷६०० को हाराहारीमा रहेको जानकारी दिनुभयो ।

सुगर प्रेसर सम्बन्धी औषधी नेपाल सरकारद्वारा प्रदान गरिने निशुल्क औषधी अन्तर्गत पर्ने भएकोले गाउँपालिकाले अस्पातललाई जती चाँडो उपलब्ध गराउछ त्यति नै चाडो सेवाग्राहिले औषधी प्राप्त गर्ने भन्दै कर्मचारीहरुको व्यबहार प्रती भने सेवा सम्बन्धी सेवाग्राहिले सेवाको प्राबधान नबुझेर गुनासो गरेको हुनसक्ने बताउनुभयो ।

त्यस्तै गरी स्वास्थ्य बिमाको सवालमा उठेको प्रश्नको जवाफ दिदै पहिलेको भन्दा अहिले बिमा कार्ड्को लागु गर्ने क्रममा अली कडाई हुँदा अहिले सबै कागज प्रकृया ब्यबस्थित बनाउने क्रममा निर्धारित समय भित्र आएर रिफर बनाउन सकिने र ईमर्जेन्सीको हकमा रिफर सिफारिस नचाहिने पनि जानकारी दिनुभयो ।

साथै स्वास्थ्यकर्मी पनि आँफैमा पिडित रहेको सवालमा कोरोनाको बेलामा गाउपालिकाले दिने भनिएको जोखिम भत्ता भने अझै नपाएको र स्वास्थ्य क्षेत्रमा मनहरी गाउपालिकाले बदमासी गरेको बताउनुभयो । त्यस्तै गरी मनहरी गाउपालिका स्वास्थ्यशाखा प्रतिनिधि रेखा घिमिरेले आफु भर्खरै आएको र यो भन्दा पहिलाको गतिबिधी बुझेर अगाढी बढ्ने बताउनुभयो ।

त्यस्तैगरी गाउँपालिकाबाट जटिल किसिमका रोगको उपचारका लागि गाउपालिकामा स्वास्थ्यशाखा प्रमुख, प्रमुख प्रशाशकिय अधिक्रित र गाउँपालिका अध्यक्ष तीन जनाको हस्ताक्षर आवश्यक हुने भएकोले सेवाग्राहिहरु अलमलमा परेको बताउनुभयो । गाउँपालिकाले तत्काल रकम उपलब्ध गराउन नसकिने र कार्यपालिकाले अनुमोदन गर्नु पर्ने हुँदा प्रकृया अली लामो भएको बताउनुभयो ।

रेबिजको खोप टेन्डर प्रकृयामा रहेको र गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै वडाका स्वास्थ्य ईकाइर्मा १ ÷ १ महिनामा मनिटरिङ्ग गरिरहेको बताउनुभयो ।
८ नम्बर वडा अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथी दिल बहादुर स्याङ्तानले स्वस्थ रहेन भने जिवनमा धेरै समस्या भन्दै सबै मिलेर स्वास्थ्य अधिकार सुनिस्चतता प्रदान गराउन तर्फ अगाढी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक लक्षित कार्यक्रम हुनु पर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउनु पर्ने स्वास्थ्य बिमा अभिकर्ता लाई गाउँटोलमा राम्रोंग परिचालन गरिनुपर्ने त्यस्तै अभिकर्ता र जनप्रतिनिधिको अन्तरकृयामा सभागिता हुनुपर्ने भन्दै स्वास्थ्य अधिकारअका सवालमा छलफल भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, मानव अधिकार समुहका सदस्य, बिभिन्न संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा मनहरी ८ सिम्पानिको दिब्यज्योती बचत तथा ऋण सहकारीको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष बिमला गोपालिले कसैलाई पनि थिचोमिचो नगर्न र हिसां हुँदा अधिकार हनन हुने भएकोले जनप्रतिनिधिहरुले कर्मचारीलाई दोस दिनु भनेको पानी माथिको ओभानो हुनु हो भन्दै कटाक्ष गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here