मनहरी–फागुन २९ गते । इलाका प्रहरी कार्यालय मनहरीले आइतबार बिहान १८० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको
छ ।

प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने २९ वर्षीय बुद्धिमान वाईबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको इलका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।

उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आइतबारव बिहान ५ः३० बजेको समयमा चैनपुरबाट हेटौंडातर्फ जाँदै गरेको बा ७ च १६०६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

बरामद लागूऔषध गाँजा, पिकअप गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here