राक्सिराङ –फागुन २७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा इको क्लव गठन गरिएको छ ।

सब डिभिजन कार्यालय राक्सिराङको पहलमा विद्यालयमा सेरेना नामको इको क्लव गठन गरिएको हो ।

११ सदस्यीय क्लवको अध्यक्षमा राजकुमार चेपाङ, उपाध्यक्षमा सुशान्त चेपाङ र सरिता रुम्बा तथा कोषाध्यक्षमा बिमला थिङ चयन हुनु भएको छ ।

क्लवको संरक्षकमा विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडी, इको क्लव शिक्षकमा किरण सुवेदी रहनु भएको छ ।
सव डिभिजन वन कार्यालय राक्सिराङका सहायक वन अधिकृत दिनेश सत्यालले सहजीकरण गर्नु भएको कार्यक्रममा क्लवको विधान तयार गरी विद्यालयमा दर्ता गर्ने र क्लवका गतिविधिहरु अघि बढाउन स्थानीय सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।

क्लवको कार्यालय विद्यालयले उपलब्ध गराउने प्रधानाध्यापक दुवाडीले जानकारी दिनुभयो । उहाँले इको क्लव निर्माण गरी वातावरणीय र पर्यावरणीय संरक्षणमा बाल सहभागितालाई प्राथमिकता दिएको भन्दै डिभिजन वन कार्यालयलाई धन्यवाद समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here