मनहरी–फागुन २६ गते । सेन्चुरी कमर्सियल बैँक मनहरी शाखाले बित्तीय साक्षरता कार्यक्रम मनहरीमा सञ्चालन गरेको छ ।

बैँकको बार्षिकोत्सवको अबसर पारेर राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुकालाई बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । बैँकका शाखा प्रमुख सुदीप नेपाल र कर्मचारी प्रवेश सुवेदीले बैंकिङ सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँहरुले समय सन्दर्भ अनुसार अनलाइन प्रविधिको विकास भइरहेकाले नोटको कारोबार कम हुँदै गएको भन्दै अनलाइनमार्फत मोबाइल बैंकिङ तथा एटिएम सेवा लगायतका बारेमा जानकारी गराउनु भएको थियो । मोबाइल बैंकिङ सेवा लिने, बैँकमा खाता खोल्ने, बचतको बानी गर्ने लगायतका बिषयहरुमा उहाँहरुले प्रस्तुति दिनु भएको थियो ।

बैँकमार्फत हुने कारोबारमा आर्थिक र सामाजिक सुरक्षा हुने र कम समय र जोखिममा सहजै दैनिक जीवन र कार्यालयका कामहरु सञ्चालन गर्न सकिने भएकाले सचेत भएर बैँकिङ सेवा लिनुपर्नेमा विद्यार्थीहरुको ध्यानाकर्षण गराइएको थियो ।

बैँकबाट प्रबाह हुने सेवाका अतिरिक्त नेतृत्व विकास र अबसरका सम्भावनाहरुका बारेमा समेत बित्तीय साक्षरता कक्षामा छलफलमा र छलफलबाट विद्यार्थीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बैँकका मनहरी शाखा प्रमुख नेपालले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत ५४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here