हेटौँडा–फागुन २६ गते । एकालाल श्रेष्ठ नेतृत्वको नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बुधबार बसेको बैठकले विभिन्न जिम्मेवारीहरु तोकिएको र नयाँ सदस्यहरुलाई मनोनित गरिएको घटनापछि एमाले राजनीतिमा तरङ्ग छाएको छ ।

लामै सकस र केन्द्रियता लादेर निर्माण गरिएको जिल्ला कमिटीमा बुधवारको बैठकले २८ जनालाई मनोनित गर्दै इन्चार्जहरु समेत तोकेको बताइएको छ । यो निर्णयसँगै नेताहरु रिसाउन थाल्नु भएको छ । दुई दर्जनबढी नेताहरु बर्तमान नेतृत्वसँग असन्तुष्ट रहेको बुझिएको छ । तीमध्ये ४ जनाले सामाजिक सञ्जालमै असन्तुष्टि ब्यक्त गर्नु भएको छ ।

असन्तुष्टि ब्यक्त गर्ने नेताहरुमा सचिवालय सदस्य फुर्बा दोर्जे लामा, उत्तम शर्मा न्यौपाने, सानु लामा र रमिला सापकोटा रहनु भएको छ । उहाँहरुले फेसबुकमार्फत जिम्मेवारी नरहेको र आफ्नो बाटोमा फरक हिसाबले अघि बढ्ने बताउनु भएको छ । मकवानपुरे युवामाझ लोकप्रियता हासिल गर्नु भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेर काम गर्नु भएका युवा नेता सानु लामाले फेसबुकमा लेख्नु भएको छ–‘अहिलेसम्म मलाई योग्य ठानी विभिन्न जिम्मेवारी दिनुहुने सम्पुर्ण प्रती हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। एकदम अत्यन्तै दुस्खद, मनले एकदमै नचाहेर पनि बाध्यताले यस्ता खाले परिवर्तन हुनु पर्ने परिस्थिति निम्त्यायो जिन्दगीमा११ कोहि कसैलाई कुनै खालको दोष नदिईकन कुनै हालतमा अब पार्टीको कुनै खालको गतिविधिमा संलग्न हुँदै नहुने सम्पुर्णमा जानकारी गराउन चहान्छु धन्यवाद । अबको दिनको मेरो जिन्दगी फरक हिसाबले चलाउने कोशिस गर्नेछु।’

त्यसैगरी अर्का नेता उत्तम शर्मा न्यौपानेले लेख्नु भएको छ–‘लामो शृङ्खला बाट बिदा हुने निर्णय गरे । बिगत देखिका सहयोगी मन हरुमा साधुबाद ।’ न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष उम्मेदवार हुनुहुन्थ्यो । बर्तमान पार्टी अध्यक्ष एकालाल श्रेष्ठले अन्तरघात गरी काँग्रेसका सबिन न्यौपानेलाई जिताउन मद्दत गरेकाले वडाध्यक्षबाहेक अन्य सदस्य पदहरुमा मात्रै एमालेका उम्मेदवार बिजयी भएको भन्दै पार्टीमा ठूलो छलफल र बहस गर्दै तत्कालीन पार्टी सचिव श्रेष्ठलाई कारबाहीको माग गरिएको थियो ।

त्यसैगरी अर्का नेता उत्तम शर्मा न्यौपानेले लेख्नु भएको छ–‘लामो शृङ्खला बाट बिदा हुने निर्णय गरे । बिगत देखिका सहयोगी मन हरुमा साधुबाद ।’ न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष उम्मेदवार हुनुहुन्थ्यो । बर्तमान पार्टी अध्यक्ष एकालाल श्रेष्ठले अन्तरघात गरी काँग्रेसका सबिन न्यौपानेलाई जिताउन मद्दत गरेकाले वडाध्यक्षबाहेक अन्य सदस्य पदहरुमा एमालेका उम्मेदवार बिजयी भएको भन्दै पार्टीमा ठूलो छलफल र बहस गर्दै तत्कालीन पार्टी सचिव श्रेष्ठलाई कारबाहीको माग गरिएको थियो ।
त्यसैगरी महिला आन्दोलन र नागरिक समाजमा समेत सक्रिय रहनु भएकी नेतृ रमिला सापकोटाले पनि सामाजिक सञ्जालमा लेख्नु भएको छ–‘कसैसङ केही गुनसो छैन गुनासो आफै सङ छ पस्चताप आफै सङ छ राजनीति गर्न जानेकी रहेननछु र अब कोसिस पनि गर्दिन भयो पुग्यो अब धेरै नै भयो अब विश्राम लिनु पर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ अरुको हिसाब ले होइन । त्यसले आज कठोर भएर निर्णय गर्दैछु । घर परिवार जगिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य 🙏।
उहाँ गैरसरकारी संस्था महासंघको उपाध्यक्ष, अभिभावक संघको नेतृत्वकर्ता र नागरिक समाजको भूमिकामा जिल्लामा क्रियाशील महिला हुनुहुन्थ्यो ।
हेटौँडा उपमहानगरपालिका १० मा महत्वपूर्ण प्रभाव पार्ने तामाङ समुदायका अग्रज एबम् सचिवालय सदस्य रही काम गरिसक्नु भएका अर्का नेता फुर्बा दोर्जे लामाले फेसबुकमा लेख्नु भएको छ–‘मकवानपुर जिल्ला पार्टि कमिटिको सङ्गठित जिम्मेवारिबाट बिदा लिने दिन पनि आए जस्तो लगेको छ है ।’
यसरी एकपछि अर्काे असन्तुष्टिहरु छताछुल्ल हुँदै गइरहेको छ । एमालेभित्र केपी ओली लाइनमा को दृढतापूर्वक उभिन्छ भन्ने विधि त छ नै, त्यसमा पनि ‘खास’ को हुने भन्ने लडाइँ छ । जिल्ला नेतृत्व गरिरहेका श्रेष्ठलाई नरुचाउनेको संख्या अधिक छ । अर्काेतर्फ रामेश्वर राना, डोरमणि पौडेल, अनन्त पौडेल, कृष्ण दाहाल लगायतका आफ्ना आफ्ना आन्तरिक लाइनका उपगुटहरु जारी नै छन् ।

बुधबार बसेको बैठकले जिल्ला कमिटी सदस्यमा सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनालीलाई मनोनित गरेको छ । त्यसैगरी यस्तै शिवहरी दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, विमला बर्तौला, सरिता परियार लगायत २८ जना जिल्ला कमिटीमा तानिएका छन् । १३० जनालाई सल्लाहकार कमिटीमा चयन गरिएको बताइएको छ ।

जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, बलराम बल लगायत सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here