नहरी–फागुन २४ गते । दिव्यज्योती महिला बचत तथा ऋण सहकारी संस्थाले १ दिने महिला अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले महिलाहरुको हकहितको लागि महिला नै अग्रसर भएर लाग्नुपर्ने र पुरुषहरुले त्यसमा साथ दिनुपर्ने बताउनुभयो ।

स्थानीयस्तरमा महिला हिंसाका घटना अझै पनि रहेको तर महिलाहरुले लुकाएर राखेको कारण समाजमा भने नदेखिएको उहाँले
बताउनुभयो ।

जनप्रतिनिधि बनेपछिको ५ बर्षे कार्यकालमा महिलाहरुका निम्ति धेरै काम गरेको समेत उहाँले उल्लेख गर्नुभयो । कतिपय अवस्थामा भने महिला भएकै कारण कामकार्वाहीमा बाधा पुगेको समेत दुखेसो गर्नुभयो । कार्यक्रममा दिव्यज्योती महिला तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुजिता थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा मनहरी गाउँपालिका वडा नमबर ८ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तान, वडा सदस्य अम्बिका परियार, मनहरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर कालाखेती, सिम्पानी देवकोट संयुक्त वन उपभोक्ता समितिका अध्यक्ष गोबिन्द ढकाल, संस्थाका प्रतिनिधिहरु, शेयर सदस्यहरु रेडियो मनहरी एफएमका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here