मनहरी–फागुन २३ गते । शान्तीका लागि साझा अभियान (कोक्याप) बागमती प्रदेशले मनहरी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेको
छ ।
आइतबार गाउँपालिकामा एक कार्यक्रमका विच मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा गाउँपालिकालाई १–१ थान कम्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो ।
शान्तिका लागि साझा अभियान नेपाल बागमती प्रदेशको स्रोत साझेदारीमा विभिन्न सुशासन, सामाजिक सुरक्षा तथा मानब अधिकारको क्षेत्रमा काम गरिरहेको संस्थाले आइतबार मनहरी गाउँपालिकालाई १ थान डेस्कटप कम्प्युटर १ थान प्रिन्टर सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला विष्ट, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, प्रशासन प्रमुख शैलेन्द्र बास्कोटा, जिन्सी शाखाका टंकराज पोखरेल, सामाजिक विकास शाखाका राजेन्द्र प्रसाद चौलागाईँ, पञ्जीकरण शाखाका दिपक अधिकारी, संस्थाका केन्द्रीय कोषाध्यक्ष अर्जुन ढकाल र सुजता पौडेलको सहभागितामा हस्तान्तरण गरिएको हो ।