हेटौँडाः फागुन १९ गते । मकवानपुरमा स्थानीय तह निर्वाचन २०७४ मा भन्दा यो वर्ष ६७ हजार ७ सय ९१ जना बढेको छ । मतदाताको संख्या बढेर २ लाख ९५ हजार ५ सय ५० पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार यो वर्ष गत स्थानीय निर्वाचन २०७४ भन्दा ६७ हजार ७ सय ९१ जना मतदाता बढेको हो ।

स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो । त्यस्तै २०७४ मै भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने २ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेको थियो ।

निर्वाचन कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार सबै भन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा १ लाख ४ हजार ५१३ नजा मतदाता रहेको जनाएको छ ।

त्यस्तै इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४९५ जना, कैलाश गाउँपालिकामा १४ हजार ६२० जना, थाहा नगरपालिकामा ३२ हजार ३१६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भीमफदी गाउँपालिकामा १७ हजार ४४७, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १५०, मनहरी गाउँपालिकामा २६ हजार ७५१ र राक्सिराङ्ग गाउँपालिकामा १५ हजार ८७३ र गरी कुल २ लाख ९५ हजार ५५० रहेको जनाएको छ ।

कार्यलयका सूचना अधिकारी सम्झना ढकालका अनुसार बिहिबार बाट २६ गतेसम्म केहि त्रुटीहरु भएमा सच्याउन सकिने गरि सूचना भएको र मृत्यु भएकाको हकमा आएको प्रमाणित कागजातको आधारमा हटाउन सकिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here