हेटौँडा–फागुन १५ गते । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

सो पुरस्कार बरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गर्ने भएको संस्थाले जनाएको छ । प्रतिष्ठानले पुरस्कार राशी १ लाख रुपैयाँ रहेको जनाएको छ ।

१ लाख नगदसहितको उक्त पुरस्कार फागुन २८ गते शनिबार हेटौंडामा भव्य समारोहकावीच उहालाई प्रदान गरिने जनाएको छ । पुरस्कार वितरणको विषयमा आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यस पुरस्कार मकवानपुरमा प्रदान गरिने सर्वाधिक नगद राशीको रहेको छ । हेटौंडाका समाजसेवी कन्हैया कृष्ण श्रेष्ठले २०६४ सालमा सम्मान स्थापना गर्नुभएको पुरस्कार यस वर्ष जङ्गमलाई प्रदान गर्न लागिएको हो ।

श्रेष्ठले आफ्नो आमाको नाममा यस सम्मान स्थापना गर्नुभएको हो । संस्थाका अध्यक्ष ह्यग्रीव आचार्यले यस सम्मान यसअघि संगीत क्षेत्रमा योगदान पुर्याउनु भएका १२ जना अग्रज संगीतकार तथा बरिष्ठ गायकलाई प्रदान गरिसकिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here