हेटौँडा– फागुन १५ गते । बागमती प्रदेशसभा सचिवालयले बागमती प्रदेशसभाको फागुन १६ गते सोमबारका लागि तय भएको बैठक अनिश्चितकालको लागि स्थगित भएकोे जनाएको छ ।

सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । विशेष कारणवस भन्दै १६ गते बोलाइएको बैठक स्थगि गरिएपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको हो ।

प्रदेशसभा बैठक अघि १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक र सर्वदलिय बैठक पनि स्थगित भएको हो ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here