मनहरी–फागुन १४ गते । म तीन दशक लामो राजनीतिक यात्रामा छु । राजनीतिमा आउने अनेक उतार चढावहरुको सामना गर्दै प्रजातन्त्र, लोकतन्त्रण, गणतन्त्रका निम्ति योगदान गरेको मान्छे हुँ ।

हामीहरु तत्कालीन सात दलले आयोजना गरेको दोस्रो जन आन्दोलनमार्फत माओवादी शसस्त्र युद्धलाई मूलधारमा ल्याउने र शान्ति कायम गर्नका लागि आयोजित आन्दोलनका योद्दाका रुपमा रह्यौँ ।

म फरक राजनीतिक आस्थामा लामो समय ब्यतित गरेर पछिल्लो चारबर्षदेखि नेपाली काँग्रेसमा समाहित छु । नेपाली काँग्रेसले बोकेको विचार, बिपी, गणेशमान, कृष्णप्रसाद भट्राईहरुको त्याग र तपस्या अनि उनीहरुले देशको संवैधानिक व्यवस्था, कानूनी राज निर्माण गरी शान्तिपूर्ण वातावरणका लागि गर्नु भएको योगदान सम्झेर म निरन्तर काँग्रेसको अभियानमा छु ।

खासगरी नेपाली काँग्रेसको संगठनात्मक अबस्थालाई सुदृढ गर्ने, पार्टीलाई संगठनात्मक ढाँचामा हिँडाउनका लागि सहजीकरण गर्ने भूमिका मेरो रहँदै आएको छ । यसअघि आमन्त्रित जिल्ला सदस्यको रुपमा काम गरिरहँदा पनि मैले विवादहरुको समाधान, विधि, पद्धति र काँग्रेसको विधि विधानलाई बढी जोड दिएको थिएँ । र, सँधै विधान अनुसार नै अघि बढ्नुपर्छ भन्नेमा म दृढ विश्वास राख्दछु ।

यही कुरालाई मध्यनजर गर्दै नेपाली काँग्रेस मकवानपुरको १४ औँ जिल्ला अधिबेसनमा म मनहरी गाउँपालिकाको भूगोल तर्फबाट उम्मेदवार बनी जिल्ला सदस्य हुन चाहेको छु । उम्मेदवारी घोषणा गरेको छु ।

आशा छ पार्टीको संगठनात्मक सुदृढिकरण, संगठन बिस्तार, पार्टी सदस्यहरुको गुणात्मक सैद्धान्तिक विकासका लागि समेत मेरो भूमिका रहनेछ । आशा छ मलाई १८८२ जना मतदाताले पक्कै पनि निर्वाचित गराउनु हुनेछ ।

(मनहरी लाइभ डटकमसँगको कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here