मनहरी–फागुन १३ गते । मनहरी गाउँपालिकामा शुक्रबार बालश्रम विरुद्ध अनुगमन गरिएको छ । सिविन नेपाल, श्रमकार्यालय हेटौंडा र मनहरी गाउपालिकाको समन्वयमा बालश्रम बिरुद्ध अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा वडा नम्बर ८ को बाबा विश्वकर्मा मोटरसाईकल वर्कसप, गुरुङ होटल, सुप्रिया होटल लिछिता सप्लायर्स र वडा नम्बर ९ को होटल एरियामा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा मोटर साईकल वर्क सपमा २ बालश्रमिक समेत फेला परेको छ । श्रमिकहरु एक नेपाली र एक भारतीय रहेको जनाइएको छ ।

सत्य बाबा बिश्वकर्माको प्रोपाइटर आकाश शाहलाई श्रम कार्यलयको प्रतिनिधिले अब देखि बालश्रम भेटिएको खण्डमा कानुनी कारबाहीमा लगिने चेतावनी दिएको छ ।

आगामी दिनमा यस्ता कार्यलाई निरुत्साहित गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यस्तै अनुगमनका क्रममा केही समय अघि बालश्रम रहेको होटलहरुमा अहिले ती बाल श्रमिकहरु आ–आफ्नो घर गई स्कुल पढिरहेको गुरुङ होटल सञ्चालकले जानकारी गराउनु भयो ।

अनुगमन पश्चात अनुगमन समिक्षाका क्रममा निरन्तर फलोअपमा रहने जानकारी गराएको छ । अनुगमनका क्रममा सिविन नेपालका प्रतिनिधि, श्रम कार्यालय हेटौडाक प्रतिनिधि र मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here