मनहरी–फागुन १२ गते । उल्टो पैदल यात्री ऋषी परियार मनहरी पुग्नुभएको छ । उल्टो यात्रा शुरु गरेको २७ दिनमा उहाँ मनहरी पुग्नुभएको हो ।

मनहरी लाइभसंग कुरा गर्दै उहाँले स्वास्थ्यका लागि मेचि महकाली यात्रा शुरु गरी विश्वमा नै नेपालको नाम राख्ने उद्देश्यले यात्रा शुरु गरिएको बताउनुभयो ।

महेन्द राजमार्गले छुने २१ जिल्ला मध्ये १० जिल्लामा पाइला टेकिसकेको बताउँदै उहाँले छिट्टै नै यो अभियानले पुर्णता पाउने बताउनुभयो ।

यात्राका क्रममा स्थानीयले गरेको स्वागत सत्कार र माँयाप्रति उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो । यात्रा शुरु गर्नुपुर्व कतिपय मानिसले यसो गर्नु हुदैन मान्छे हास्छन भन्ने कतिपय मानिसको तर्क सम्झदै उहाँले अहिलेको सत्कारले यो सबै भुलेको बताउनुभयो ।

यात्री परियारलाई मनहरीका स्थानीयहरुद्वारा पानी, फ्रुटी, कोक, विस्किुट लगायतका खानेकुराहरु सयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here