मनहरी– फागुन २ गते । अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवन पद्धती केन्द्रले व्यक्तिगत सहयोगीलाई तालिम प्रदान गरेको
छ ।

मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा मनहरीका २ जना व्यक्तिगत सहयोगीलाई १ दिने तालिम प्रदान गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवन पद्धती केन्द्रको अनुरोधमा नेपालमै पहिलो पटक मनहरी गाउँपालिकाले अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि व्यक्तिगत सहयोगी राखेको हो ।

मनहरी गाउँपालिकाको ९ वटै वडामा गरी कुल ८९ जना अति अशक्त भएका व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा सहयोग दिने गरी गाउँपालिकाले व्यक्तिगत सहयोगी उपलब्ध गराएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्विल चियर कसरी मिलाउने, उनीहरुले गर्ने व्यवहार लगायतको विषयमा तालिम प्रदान गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष दिल बहादुर स्याङ्बोले बताउनुभयो ।

आइ.एल.सि. ललितपुरका महासचिव कृष्ण गौतम, व्यवस्थापक भरत विसि र प्रोजेक्ट म्यानेजर सन्देश भट्टराइले तालिमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दिल बहादुर स्याङ्बोको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here