मनहरी–माघ २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका पूर्व अध्यक्ष कमल थापाले पार्टीको महाधीवेशनमा हार व्यहोरेपछि पार्टीबाट राजिनामा दिदाँ पार्टीमा एक किसिमको तरंग नै उत्पन्न भएको छ । पार्टीका सदस्यहरु कोही थापा पक्षमा लागे भने कोही पुरानै पार्टीमा ।

सोही विषयलाई लिएर राप्रपा मनहरी गाउँ कमिटीको पनि शनिबार बैठक सम्पन्न भएको छ । शनिबार भएको राप्रपा मनहरी गाउँ कमिटीको बैठकले पूर्व अध्यक्ष थापालाई साथ नदिने निष्कर्श निकालेको छ ।

शनिबार भएको पार्टी कमिटीको बैठकमा आफुहरु व्यक्तिप्रति नभै पार्टीप्रति विस्वस्त रहेकोले व्यक्तिको पछि नलाग्ने निष्कर्श निकालिएको प्रतिनिधि सभा २ ख का सभापति नरहरी सुवेदीले बताउनुभयो ।

पार्टीको सिद्धान्त मान्ने हो व्यक्ति त महाधीवेशन पिच्छे नै फेरिन्छ, तसर्थ व्यक्तिको पछि लागिदैन सुवेदीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here