मनहरी–माघ २९ गते । नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिएको छ ।

सरकारले स्थानीय निर्वाचन बैशाख ३० गते तोकेसंगै पार्टीको नियमित संगठन विस्तार कार्यलाई व्यापक बनाइएको नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाले जानकारी दिनुभयो ।

सोही अवसरमा शनिबार मनहरी गाउँपालिका वडा नम्बर १ मा कृयाशिल सदस्यहरुविच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । आगामी स्थानीय चुनाबमा पार्टीलाई कसरी पहिलो पार्टी बनाउने भन्ने विषयमा कृयाशिल सदस्यहरुविच अन्तरक्रिया गरिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा वडा नम्बर १ वडा सभापति मनहरी उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

त्यस्तै उक्त कार्यक्रममा मनहरी गाउँ कमिटीका सभापती प्रकाश बर्तौलाको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सभापति रञ्जन कालाखेती लगायतको उपस्थिति तथा मन्तव्य व्यक्त गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here