मनहरी–माघ २७ गते । मनहरी गाउँपालिकामा यहि फागुन १ गतेबाट भौतिकरुपमा शैक्षिक संस्था खुल्ने भएको छ ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण जिल्लामा संक्रमितको संख्या उकालो लागे पछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुुसार मनहरी गाउँपालिका अन्तर्गतका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गरिएको थियो । गत पुस २७ गतेबाट बन्द भएको विद्यालय फागुन १ गतेबाट भौतिक उपस्थितीमा कक्षा सञ्चालन हुने भएको हो ।

मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले विज्ञप्ती जारी गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

जारी विज्ञप्तीमा कोभिड–१९ संक्रमणका कारण बन्द भएको गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुको पठनपाठन कार्य जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अनिवार्यरुपमा पालन गरी यहि फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नियमितरुपमा कक्षा सञ्चालन गर्न गराउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here