मनहरी– माघ २६ गते । मनहरी गाउपालिका वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी सस्थाले आफ्नो सेवा र उपस्थितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले मनहरी गाउपालिका वडा नम्बर ६ को सुनाचुरीमा बुधवार एक कार्यक्रमका बिच सेवा केन्द्रको उद्घाट्न
गरेकोछ ।

मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेतिले रिबन काटी सेवा केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीको माध्यमबाटै स्थानीय जनस्तरको आर्थिक स्थिती उकास्न सकिनेमा सहकारी र स्थानिय जनताबिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

हाललाई ३ जना जनशक्ती द्वारा सेवा सुरु गर्ने सस्थाले जानकारी दिएको छ । हाल सस्थाको जम्मा २३५१ जना शेयर सदस्य रहेकोमा वडा नम्बर ६ मा मात्रै २६५ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।

३ वटा अन्तर समुह रहेको यस वडा भित्र सेवा शाखा बिस्तार सङ्गै शेयर सदस्यहरुलाई सेवा लिन सहज भएको छ । सस्थाले ६ नम्बर वडा बाट सेवा सुचारु गरे सङ्गै बचत सन्कलन, ऋण प्रबाह, रेमिट्यान्स, कृषि तथा भेटेनरीको प्राबिधिक सेवा, उन्नत बिउ बिजन, रसायनिक मल तथा पशु बिमा जस्ता सेवा उपलब्ध गराउने सस्थाका प्रबन्धक ज्योति सुबेदीले बताउनुभयो ।

१२ औ जनगणना सम्म आईपुग्दा पालिकाको वडाहरुमध्य सबै भन्दा बढी घरधुरी र जनघनत्व रहेको यस वडामा सस्थाले आफ्नो उपस्थितिलाई ब्यापक बनाउन नसकिरहेको अवस्थामा यो सेवा केन्द्रको स्थापना सङ्गै वडा नम्बर ६ का जनताले लाभ लिन सकिने र साथसाथै वडा भित्र सहकारीको महत्व बुझ्ने एक घर एक सहकारी सदस्य बन्ने अभियानलाई साकार बनाउने सस्थाकी अध्यक्ष बिमला कार्किले विश्वास ब्यक्त गर्नुभयो ।

२०७८ सालको जनगणनामा वडा नम्बर ६ मा मात्रै दुई हजार घरधुरी रहेको अवस्थामा सस्थाले यस क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्न लागेको हो ।

साथै एक बर्ष भित्र सस्थाले वडाभित्रका ८०% जनतालाई सहकारीमा आबद्ध गराउने लक्ष्य रहेको समेत सस्थाका प्रबन्धक ज्योति सुबेदिले जानकारी दिनुभयो ।

कार्यक्रममा मनहरी गाउपालिकाको अध्यक्ष एकराज उप्रेती प्रमुख अतिथी, वडा नम्बर ६ अध्यक्ष गोपिलाल मुक्तान बिशेष अतिथी, पशु शाखा मनहरीका शाखा प्रमुख सरोज खतिवडा, सस्थाका उपाध्यक्ष्य लीला राम भट्ट, सस्थाका प्रबन्धक लगाएतका आतिथ्यता र शेयर सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रम सानाकिसान कृषि सहकारी सस्थाकी अध्यक्ष बिमला कार्किको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here