स्थानीय सरकारको पाँच बर्ष कार्यकाल सकिनै लाग्दा रेडियो मनहरी एफएमले पूर्वी मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालसँग उहाँकै कार्यकक्षमा पुगेर संक्षिप्त अन्तरवार्ता गरेको थियो । नेपाली काँग्रेसबाट निर्वाचित खनाल सँग गरिएको कुराकानी रेडियो मनहरी एफएमको लोकप्रिय कार्यक्रम ‘मनहरी बहस’ मा प्रसारण भएको थियो भने मनहरी लाइभ डटकममा समेत संक्षिप्त रुपमा यहाँ लिखितम् प्रस्तुत गरेका छौँ ।
–तपाईको नेतृत्वमा बकैया गाउँपालिका अघि बढिरहँदा जनताले अपेक्षा गरेका के कस्ता कुराहरु पूरा भयो ?
मुलतः काठमाण्डौ जानका लागि एकदम मार्ग मानिएको हात्तीसुँढेबाट हेटौँडा पुग्दा काठमाडौँको आधा बाटोमा पुग्ने अर्थात ठिंगन पुगिसक्ने अबस्थाको कान्तिराजपथ यही गाउँपालिका भएर अघि बढ्छ । बिजुली बत्तीको सन्दर्भमा कुरा गर्ने हो धेरै वडाहरु बिजुली बलेका थिएनन् । अहिले ती सबै वडाहरुमा बिजुली पुगेको छ । अलिक ढिलो भएको भनेको १० नं वडामा हो । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने विद्यार्थी संख्याको आधारमा अनुदान दिनुपर्ने कुराहरु देखि लिएर अँग्रेजी माध्यमबाट अध्यापन गर्ने कुराहरुमा गाउँपालिकाले लगानी गरेको छ ।
खासमा जनताको चाहना त धेरै छन् । तर पनि हामीले गर्नुपर्ने र नगरी नहुने कुरा चाहिँ हामी निर्वाचित भएर आए पछि अस्त व्यस्त रहेको प्रशासनिक सुधारको कुराहरुमा ध्यान दियौँ । संघीयताको कार्यान्वयन गर्दै वडा कार्यालयहरुमा देखिएको कर्मचारी व्यवस्थापनको समस्यालाई पूरा ग¥यौँ । हामी गाउँपालिकामा आइरहँदा गाउँपालिकाको आफ्नै भवन नभएको अवस्था थियो । यी सबै समस्याहरुको हामीले हल गरेका छौँ । प्रत्येक वडा कार्यालय भवन छन् । नयाँ भवनहरु निर्माण सकिएको छ । स्वास्थ्य संस्थाको हरेक क्षेत्रमा स्वास्थ चौकीहरु व्यवस्था गरेर कर्मचारी पनि व्यवस्था गरेको छौँ । बर्थिङ सेन्टरहरु सुरु गरी सेवा दिइरहेका छौँ । सामान्य रुपमा सिटामोलको लागि पनि टाढा धाउनुपर्ने अबस्था अहिले छैन । वडाहरुमा पनि हामीले सेवा दिइरहेका छौँ ।
त्यही अनुरुप बिजुली बत्तीको कुरा, सडक, कृषिका कुरा सामाजिक र भौतिक विकास हामी अगाडी नै बढिरहेकै छौँ । एक हिसाबले तराई अर्थात बारा र रौतहटसँग हाम्रो गाउँपालिका जोडिएको छ भने काठमाडौँ, ललितपुरसँग पनि जोडिएको छ । यसरी पहाड र तराईको मध्यभागमा रहेको बकैया गाउँपालिकाका कतिपय वडाहरु अर्कै प्रदेश र अर्के स्थानीय तहको बाटो भएर जानुपथ्र्याे । अहिले त्यो बाध्यता छैन । हामीले आफ्नै गाउँपालिकाभित्र सडक सञ्जाल निर्माण गरेका छौँ ।
मुलतः काठमाण्डौ जानका लागि एकदम मार्ग मानिएको हात्तीसुँढेबाट हेटौँडा पुग्दा काठमाडौँको आधा बाटोमा पुग्ने अर्थात ठिंगन पुगिसक्ने अबस्थाको कान्तिराजपथ यही गाउँपालिका भएर अघि बढ्छ ।
बिजुली बत्तीको सन्दर्भमा कुरा गर्ने हो धेरै वडाहरु बिजुली बलेका थिएनन् । अहिले ती सबै वडाहरुमा बिजुली पुगेको छ । अलिक ढिलो भएको भनेको १० नं वडामा हो । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने विद्यार्थी संख्याको आधारमा अनुदान दिनुपर्ने कुराहरु देखि लिएर अँग्रेजी माध्यमबाट अध्यापन गर्ने कुराहरुमा गाउँपालिकाले लगानी गरेको छ ।
खानेपानीको सन्दर्भमा पनि हामीले ध्यान दिएका छौँ । खानेपानीको समस्या हल गर्दै अघि बढिरहेका छौँ । जनताले अपेक्षा गरेका सबै कुराहरु पूरा गर्न त सकिएको छैन तर आधारभूत कुराहरुमा हामीले पहिलो प्राथमिकता दिएर योजना सञ्चालन गरेका छौँ र विकासको जग बसालेका छौँ ।
संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय सरकारको नेतृत्व गर्नुभयो, संघीयतालाई बलियो बनाउन तपाईको तर्फबाट कत्तिको योगदान गर्न सक्नुभयो ?
मुलतः संघीयता बलियो बनाउनका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्छ । संघीयताको जरा भनेकै स्थानीय सरकार हो । संघीयतालाई बलियो बनाउनका लागि संघीय सरकार र प्रदेश सरकारहरुले उतिसारो ध्यान दिएको पाइँदैन । बजेट र कर्मचारी पठाउने सन्दर्भमै संघ र प्रदेशले गरेको आनाकानीले स्थानीय सरकारलाई क्षति पुगेको छ । केही कमजोरी स्थानीय सरकारका पनि होलान्, तर अधिकतम् रुपमा जनतालाई सेवा दिने कार्यमा स्थानीय सरकारको भूमिका कमजोर छैन । संघीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई पर्याप्त र कर्मचारी र बजेट दिनुपर्नेमा त्यसो भएको छैन । कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता लगायतका रकम जोडेर स्थानीय सरकारको बजेटको आधार ठूलो देखिए पनि विकास बजेटमा अहिले पनि संघ र प्रदेशको तर्फबाट कन्जुस्याइँ भइरहेको ज्वलन्त उदाहरणहरु छन् ।
स्थानीय सरकार नहुँदाको सर्वदलीय संयन्त्रमार्फत भएको विकास र अहिले जनप्रतिनिधि हुँदाको विकासका कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अब विकासको रफ्तारलाई हेर्ने हो भन्ने म आफै पार्टीबाट गाउँ विकास समितिको प्रतिनिधि हुँदा त्यो बेला त्यस्तो किसिमको खासै देखिएन । स्थानीय तह र संघीयता आएपछि भएका विकासका पाटाहरु प्रशस्तै अघि बढेको छ । यो क्षेत्रमा हेर्ने हो मदन भण्डारी राजमार्ग, कान्तिलोक मार्गका कारण धेरैले हाम्रो क्षेत्रलाई चिन्ने अबसर पाएका छन् । यी सडकहरुका कारण जनताको विकासलाई ठूलो टेवा पुग्छ । यस्तो सडक हामीले पनि कल्पना गरेको थिएनौँ । हामीसँग पढ्नका लागि विद्यालय थिएनन्, हटिया गएर पढ्नुपथ्र्याे त्यसैले हामी निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा ध्यान दिएका छौँ र माध्यमिक विद्यालयहरु कक्षा १२ सम्म प्राविधिक शिक्षा कक्षाहरु चलाइरहेका छौँ ।
बकैया गाउँपालिकाको आन्तरिक आयस्रोत चाहिँ के के हुन् ? राजश्व बृद्धिका लागि के कस्ता प्रयास भएका छन् ?
आन्तरीक स्रोत, आन्तरिक आम्दानी भनेको ढुंगा, गिटी नै हो । वन पैदावारको रुपमा काठ नै हो । अहिले हामी कहाँ गिटी बालुवाको पनि खासै यो थिति नबसेको कारणले देशभरि नै ढुङ्गा गिटीको बिषयमा विवाद हुने, कहिले वातावरणीय प्रभाव परिक्षण कार्य (आइइइ) का लागि समस्या हुने भएकाले हामीले सोचेजति लक्ष्य हासिल गर्न सकेका छैनौँ । बार्षिक चार करोड रुपियाँजति नदीजन्य बस्तुबाट र २ करोडजति वन पैदावारबाट आन्तरिक आय हुने गरेको छ ।
स्थानीय सरकार आएपछि पूर्वी मकवानपुरमा रोजगारी सिर्जनका लागि के कस्ता अबसरहरु प्राप्त भएका छन् ?
यो क्षेत्रमा हुने भनेको मुख्य त कृषि नै हो । निर्वाहमुखी कृषि व्यवसाय पशु व्यवसाय पनि निर्बाहमुखी नै हो । अहिले चाहिँ व्यवसायमुखी कृषि र पशु क्षेत्र लम्किएको अबस्था छ । अहिले हामीले गर्नु पर्ने कृषिको क्षेत्रमा लगानी गरेको अवस्था छ । कम्तीमा यही बसेर हामीले दुध डेरीहरुलाई लगानी गरेको दुध सहकारीलाई पनि सहयोग गरेको छौँ । किन भने दुधबाट पनि धेरै आम्दानी हुन्छ । भैँसी पालेर चाहिँ महिनाको ५० हजार आम्दानी गरिरहेका उदाहरण छन् । खसीबोका लगायत पशुपालनका कुरा बैँकहरुसँग पनि किसानहरुलाई जोडाइदिने कार्य पनि हामीले गरिरहेका छौँ । विदेशबाट फर्केका युवाहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । यसो गर्दा स्वरोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
तपाईको कार्यकाल यही बर्ष अन्तिम अन्तिम नै हो, यो अबधिमा आफूले गरेका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अब बास्तबमा भन्ने हो भन्ने मान्छेले सन्तुष्ट त हुनु पर्छ नै । विविध कारणले हामीले सोचेको जस्तो गर्न खोजेको अझै भएको छैन् । तर एउटा विकासको जग हामीले हालेका छौँ । त्यो नीतिगत रुपमा होस् वा व्यवहारिक रुपमा देख्न सकिन्छ । म आफ्नो नेतृत्वको कामबाट सन्तुष्ट छु ।
अब हुने निर्वाचनबाट आउने प्रतिनिधिले बकैया गाउँपालिकामा गर्नुपर्ने कामहरु के के बाँकी रहे ?
हरेक कुराहरुको जग बसालेका छौँ । सामाजिक क्षेत्रको सुधारमा बालमैत्री लगायत महत्वपूर्ण कामहरु गरेका छौँ । नीतिगत व्यवस्थापन, प्रशासनिक चुस्तता र प्रणाली निर्माणको क्षेत्रमा हामीले काम गरेका छौँ । भौतिक रुपमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, सिंचाइ लगायतका क्षेत्रमा हामीहरुले महत्वपूर्ण उपलब्धी हासिल गरेका छौँ । तर, त्यो पर्याप्त छैन । अब जो प्रतिनिधि निर्वाचित बनेर आएपनि हामीले बनाएको आर्थिक, राजनीतिक, प्रशासनिक, सामाजिक जगमा उभिएर अघि बढ्न निकै सजिलो हुनेछ । केन्द्रीय र प्रदेश सरकारले पूर्ण अधिकार र सहुलियत नदिँदा पनि हामीले स्थानीय तहमा विकासको मजबुत जग हालेका छौँ ।
प्रस्तुतिः शिवकुमार काशी/मनहरी लाइभ डटकम