मनहरी– माघ १६ गते । मनहरी गाउँपालिकामा आइतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १५ जनाको एन्टिजेन परीक्षणमा २ जना पुरुष र ८ जना महिला गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको मनहरी अस्पतालका ल्याब टेक्निसियन सुरेश रायले बताउनुभयो ।

आइतबार संक्रमण पुष्टि हुनेहरुमा वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ६ मा २ जना, वडा नम्बर ७ का २ जना र चितवन भण्डाराका १ जना रहेको टेक्निसियन रायले बताउनुभयो ।

त्यस्तै आइतबार मनहरी गाउँपालिकामा १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका १५ जना संक्रमण मुक्त भएका हुन् । शनिबार भने मनहरीसंगै जिल्लाभर कोरोना परीक्षण शुन्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here