मनहरी–माघ १६ गते । नेपाल बिजुली, प्लम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालमार्फत म्यादी दुर्घटना बीमा गरेका मजदुरले बीमा बापतको उपचार खर्च प्राप्त गर्नु भएको छ ।

मनहरीस्थित युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले क्युपेक मनहरीमा आबद्ध सिताराम स्याङ्तानलाई उपचार खर्चबापतको रकम हस्तान्तरण गरेको हो । क्युपेकका अध्यक्ष दुर्गाबहादुर बिकमार्फत मजदुर स्याङ्तानले उपचार खर्चबापतको चेक हस्तान्तरण गरिएको कम्पनीका मनहरी शाखा प्रमुख विश्व कुँबर (संगम) ले बताउनुभयो ।

केही समयअघि काठ चिर्ने क्रममा स्याङ्तान हातको औँला छिन्ने गरी मेसिनले क्षति पु¥याएको थियो । मानव अंगमा नै क्षति पु¥याउने गरी भएको दुर्घटनामा नियमानुसार २० हजार रुपियाँ उपचार खर्च उपलब्ध गराइएको कुँवरले जानकारी दिनुभयो । क्युपेक नेपालले स्याङ्तानसहित ४१ जनाको म्यादी बिमा गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here