मनहरी–माघ १४ गते । मनहरी गाउँपालिकाले गरिब घर पहिचान सर्वेक्षणको प्रारम्भिक तथ्याङ्क प्रकाशन गरेको छ । गरिब घर परिवार पहिचान सर्वेक्षण २०७७ मा आधारित गरिब घर परिवारको सुचि प्रकाशन गरेको हो ।

प्रारम्भिक तथ्याङ्क अनुसार मनहरी गाउँपालिका अन्तर्गतका ९ वटै वडामा गरी कुल १ हजार ४ सय घर परिवार गरिब घर परिवारमा सुचिकृत भएका छन् ।

मनहरी गाउँपालिकाका ९ वटा वडा मध्ये सबै भन्दा धेरै वडा नम्बर ६ मा ४६४ घर परिवार सुचिकृत भएका छन् ।

त्यस्तै दोस्रोमा वडा नम्बर ४ मा २५९ घर परिवार, तेस्रोमा वडा नम्बरमा २ मा २१२ घर परिवार, चौँथोमा वडा नम्बर ९ मा १६७ घर परिवार, पाँचौमा वडा नम्बर ८ मा ८१ घर परिवार, छैठौँमा वडा नम्बर ७ मा ६९ घर परिवार, सातौँमा वडा नम्बर ५ मा ६० घर परिवार, आठौँमा वडा नम्बर ३ मा ४५ घर परिवा र ९ औ मा वडा नम्बर मा ४३ घर परिवार रहेका छन् ।

बिहिबार प्रकासित सुचिमा कसैको नाम परेको वा नपरेका सम्बन्धी गुनासो भएमा माघ २७ गते सम्म उजुरबाजुरका लागि १५ दिनको समय तोकिएको भुमि सम्बन्धी समस्या समाधान शाखाका प्रमुख राजेन्द्र प्रसाद चौलागाइले बताउनुभयो ।

गुनासोको लागि सम्बन्धित वडा बाट निशुल्क अनसुची फर्म भरी गुनासो दर्ता गर्न सकिने समेत उहाँले बताउनुभयो ।

गरिब घर परिवारमा सुचिकृत भएकाहरुलाई गरिव घर पहिचान परिचय पत्र प्रदान गरिने छ । परिचयपत्र यसै आथिर्क वर्ष भित्र वितरण हुन सक्ने चौलागाइले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here