मनहरी–माघ १३ गते । मनहरी गाउँपालिकामा बिहिबार ३५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । २०७ जना महिला र १४९ पुरुष गरी ३५६ जनाले खोप लगाएको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले बताउनुभयो ।

बिहिबार मनहरी गाउँपालिका वडा नम्बर ७ मा खोप अभियान चलेको थियो । जसमध्य १७१ जना महिला र १३२ पुरुष गरी ३०३ जनाले भेरोसिलको पहिलो मात्रा लगाएका छन भने २७ जना महिला र १५ जना पुरुष गरी ४२ जनाले भेरोसिलको दोस्रो मात्राको खोप लगाएका छन् ।

त्यस्तै ९ जना महिला र २ जना पुरुष गरी ११ जनाले एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाएको व्यवस्थापक लुइटेलले बताउनुभयो ।

साथै बिहिबार मनहरी गाउँपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ३४ जनामा गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here