राक्सिराङ–माघ ९ गते । राक्सिराङ गाउँपालिकामा खोप अभियानले कोरोना विरुद्धको खोप लगाउनेको संख्यामा उल्लेख्य सुधार आएको छ ।

राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको पहिलो चरणको ३ दिने खोप अभियानमा २ हजार ६ सय ९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

माघ ७ गते देखि राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ५, ८ र ९ मा सञ्चालन भएको खोप अभियानमा १ हजार ३ सय २० महिला र १ हजार २ सय ८९ पुरुष गरी २ हजार ६ सय ९ जनाले खोप लगाएका हुन् ।

जस अन्तर्गत वडा नम्बर ९ मा सबै भन्दा धेरै ४१७ जनाले खोप लगाएका छन् । जस मध्ये ३८४ जना महिला र ३३३ जना पुरुषले खोप लगाएका छन् ।

त्यस्तै गरी वडा नम्बर ४ मा २७७ जना महिला र २७३ जना पुरुष, वडा नम्बर ५ मा ३०३ जना महिला र २७७ जना पुरुष र वडा नम्बर ८ मा ३५६ जना महिला र ३४६ जना पुरुषले खोप लगाएका हुन् ।

गाउँपालिकाले दोस्रो चरणको ३ दिने खोप पनि सञ्चालन गर्दैछ । दोस्रो खोप अभियान यहि माघ ११ गते देखि १३ गते सम्म हुदँै छ । दोस्रो चरणको खोप अभियान अन्तर्गत वडा नम्बर १, २, र ३ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here