Man's hand in a red glove, brass pipes, valves and water meters in the house. To take readings of water meters. Job Setup wizard counters.

मनहरी–माघ ९ गते । मनहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मनहरी ७ प्रविधिमैत्री बन्ने भएको छ । यस अघि पुरानै तरिकाले खानेपानीको मिटर रिडिङ हुँदै आएकोमा संस्थाले विद्युतिय मिटर रिडिङ गर्न लागेको हो ।

माघ महिना देखिको शुल्क विद्युतिय माध्यमबाट मिटर रिडिङ गर्न लागिएको खानेपानीका अध्यक्ष भुवन जोशीले बताउनुभयो । यस अघि मिटर रिडरले मिटर हेरेर आफँैले रिडिङ गर्दै आएकोमा खानेपानीले नयाँ प्रविधिको प्रयोगमा ल्याएसंगै छिटो छरितो ढंगबाट मिटर रिडिङ हुने र सेवाग्राहीलाई समयमा नै सेवा दिन सकिने अध्यक्ष जोशीले बताउनुभयो ।

यो भन्दा अगाडी मिटर रिडिङ समयमा हुन नसक्दा सेवाग्राहीमा समस्या पर्ने गरेको थियो । हस्त लिखित मिटर रिडिङ गर्दा अक्षर नबुझिने, नेपाली र अङ्ग्रेजी दुबै अंकको प्रयोग गर्दा हिसाबमा समस्या हुँदै आएकोमा यसले छुटकारा पाउने भएको उहाँले बताउनुभयो ।

साथै उपभोक्ताले खानेपानीको मासिक शुल्क बिद्युतिय माध्यम बाट नै तिर्न सकिने उहाँले बताउनुभयो । खल्ती एप प्रयोग गरेर सजिलैसंग तोकिएको शुल्क तिर्न सकिने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here