माघ–०६ गते । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन दरबन्दी भई प्रहरीको निति अनुसार काम कार्वाही गर्नुभएको प्रहरी निरिक्षक थापालाई सर्वाेत्कृष्ट प्रदेश प्रहरी घोषित गरिएको हो ।

नेपाल प्रहरीमा सुम्पिएको जिम्मेवारीलाई लगनशिल, अनुशासित एबम् उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै बागमती प्रहरी प्रमुख डि आइ जी प्रकाशजङ्ग कार्कीको हस्ताक्षर गरिएको पत्रसहित निरिक्षक थापालाइ सर्वाेत्कृष्ट प्रदेश प्रहरी घोषित गरिएको हो ।

निरिक्षक थापाले २०७८ साल पुष महिनामा ३०८.१०० किलोग्राम गाँजा र २० किलो ५०० ग्राम चेरस सहित ७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको, त्यस्तै आफ्नो इलाकामा शान्ती सु–व्यवस्था कायम राख्दै नदिजन्य पदार्थको उत्खनन गर्ने कार्यलाई नियन्त्रण तथा राजमार्गमा हुने विभिन्न किसिमको सवारी दुर्घटना, यातायात अवरुद्धमा भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानिय निकायसंग समन्वय गरी प्रहरी चौकी सुनाचुरीको नयाँ भवन निर्माण कार्य सुरु गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै निरिक्षक थापालाई बागमती प्रदेशको पुष महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here