Doctor giving a senior woman a vaccination. Virus protection. COVID-2019.

मनहरी–माघ ०४ गते । मनहरी गाउँपालिकाले सुरु गरेको ३ दिने कोरोना विरुद्धको खोप अभियान मंगलबार सकिएको छ । मनहरी गाउँपालिका भरिमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या न्युन भएपछि खोप अभियान नै सञ्चालन गरेको हो ।

खोप अभियानले धेरै हदसम्म सान्दर्भिकता पाएको छ । ३ दिने कोरोना विरुद्धको खोप अभियान अनुसरा आइतबार पहिलो दिन १४४० र दोस्रो दिन सोमबार १६९९ ले खोप लगाएका थिए भने मंगलबार तेस्रो दिन २२ सय ४३ जनाले खोप लगाएका छन् ।

११ सय ७० जन महिला र १ हजार त्रिहत्तर पुरुष गरि मंगलबार २२ सय त्रिचालिस जनाले खोप लगाएका हुन् । ३ दिने खोप अभियान अनुुसार ५ हजार ३ सय ८२ जनाले खोप लगाएका हुन् ।

मंलबार खोप लगाउनेहरुमा वडा नम्बर १ मा ११० जना, २ मा ४८ जना, ३ मा ४ सय ४२ जना, ४ मा १९५ जना, ५ मा १४३ जना, ६ मा ३४५ जना, ७ मा ५४१ जना, ८ मा १८० जना र ९ मा २३९ जना गरी २२ सय ४३ जनाले खोप लगाएको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।

मंगलबारबाट ३ दिने खोप अभियान सकिए पनि नियमित खोप सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।

त्यस्तै मंगलबार ३९ जनामा गरिएको एन्टिेनज परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जना महिला पुरुष र ८ जना महिला गरी १८ जनाम संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here