मनहरी–माघ ४ गते । मनहरी गाउँपालिकाले बालसहजकर्ता हटाएको विरोध गर्दै मनहरी गाउँपालिका बाल सञ्जालले मंगलबार बालमैत्री शाखामा ताला लगाएको छ ।

मनहरी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने बखत नियुक्त गरिएका बालहजकर्ताहरु पुष २७ गते बसेको कार्यपालिका बैठकले माघ १ गतेबाट हटाउने निर्णय गरेको थियो ।

बालसञ्जाल मनहरीले भने बाल सहजकर्ता हटाउने निर्णय नियोजित भएको बताउदै आएको छ । मनहरी गाउँपालिकाको ९ वटै वडामा १–१ जना बाल सहजकर्ता नियुक्त गरिएको थियो ।

बाल सञ्जाल मनहरीले गाउँपालिकाले हटाएको बाल सहजकर्ताको पुनः नियुक्ति गर्नको लागि विरोधको कार्यक्रम नै सार्वजनिक गरेको छ । बाल सञ्जाल मनहरी गाउँपालिकाका अध्यक्ष आषिश बुढाथोकिको नेतृत्वमा विरोधको कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

मंगलबार विरोध स्वरुप बालमैत्री शाखामा तालाबन्दी, गाउँपालिका परिसरमा प्ले कार्ड बोकेर नाराबाजी गर्दै धर्ना गरेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बाल सञ्जाल अध्यक्ष बुढाथोकीले यो विरोधका कार्यक्रमहरु बाल सञ्जाल, बाल सहजकर्ताका लागि मात्र नभै सिंगो मनहरी गाउँपालिकामा रहेका बालबालिकाहरुको लागि भएको बताउनुभएको छ ।

गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्दा बखत गरेका घोषणाहरु गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले पुरा नगरेको आरोप समेत लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here