मनहरी–पुष २९ गते । मनहरी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियानमा संलग्न गराउने भएको छ ।

बिहिबार मनहरी गाउँपालिकाको विपत व्यवस्थापनको बैठकले विद्यालय सञ्चालन नभएको यो अवस्थामा शिक्षकहरुलाई खोप अभियानमा संलग्न गराउने निर्णय गरेको हो ।

मनहरी अस्पतालका १२ जना कर्मचाहरीहरुलाई कोरोना संक्रमण भएपछि अस्पतालमा कर्मचारी अभावको कारण खोप सेवा समेत अवरुद्ध भएको अवस्थामा शिक्षकहरुलाई परिचालन गरि खोप सेवालाई प्रभावकारी बनाउन लागिएको हो ।

खोप सेवामा संलग्न हुने शिक्षकहरुलाई खोप कार्डमा नाम लेख्ने, रजिस्टरमा नाम चढाउने, भिड नियन्त्रण गर्ने आदि कार्यमा लगाइने जनाएको छ । सम्बन्धित वडाका शिक्षकहरुलाई सोहि वडाको खोप केन्द्रमा संलग्न गराइने जनाएको छ ।

खोप सेवामा खोप केन्द्रले माग गरेको संख्यामा मात्र शिक्षकहरु संलग्न गराउने जनाएको छ । मनहरी गाउँपालिकामा खोप लगाउनेको संख्या न्युन रहेको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन मनहरी गाउँपालिको ९ वटै वडामा खोप केन्द्रहरु सञ्चालन हुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

मनहरी गाउँपालिका भित्र कोरोना विरुद्धको खोप लगाउने संख्या न्युन रहेको कारण यहि माग २ गतेदेखि ३ दिन खोप अभियान चलाइने उहाँले बताउनुभयो ।

खोप अभियानलाई सफल पार्न विद्यालयहरु बन्द रहेको अवस्थामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई काम लगाउन लागिएको उहाँले बताउनुभयो । यदि जो कोहि फुर्सदमा भएको खण्डामा खोप अभियानलाई सहयोग गर्न सकिने पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here