मनहरी–पुष २९ गते । बिहिबार मनहरी गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले मनहरी गाउँपालिका अन्तर्गतका ९ वटै वडाहरुमा माघ २ गते देखि ३ दिन खोप अभियान चलाउने निर्णय गरेको छ ।

मनहरी गाउँपालिकामा हाल सम्म २३ हजार ४ सय २१ जनाले पहिलो मात्राको खोप लगाएको जनाएको छ । त्यस्तै १३ हजार जनाले दोस्रो मात्राको खोप लगाएको जनाएको छ ।

मनहरी गाउँपालिमा मंसिर र पुष २ महिनामा १०० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरेको जनाएको छ । जसमध्य ६० जनाम संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्य १३ जना स्वास्थ्यकर्मी रहेको पनि बैठकमा जानकारी गराएको थियो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षताम भएको बैठकमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश थापा, काङ्ग्रेस मनहरी गाउँकमिटीका सभापति प्रकाश बर्तौला, नेकपा एमालेबाट शालिकराम बानियाँ, नेकपा माओवादी केन्द्रबाट सञ्जिब पाठक, नेकपा एकिकृत समाजवादीबाट ओम आलेमगर, विपत व्यवस्थापन समितिका सदस्य तथा वडा अध्यक्षहरु ठाकुरराम तितुङ, साधुराम अधिकारी, विष्णु थिङ, गोपिलाल मुक्तान, शुभराज थिङ, कार्यपालिका सदस्य पम्फा रोक्का लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here