पुष–२७ गते मंगलबार । मनहरीमा मंगलबारदेखि एक्स–रे सेवा बन्द भएको छ । एक्स–रे सेवा बन्द भएपछि मनहरी अस्पतालमा स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ ।

दैनिक रुपमा सञ्चालनमा आउने गरेको एक्स–रे सेवा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द भएको हो ।

कोरोना संक्रमण पुष्टि भएर ४ जना कर्मचारी होम आइसोलेसनमा बस्नुपरेपछि स्वास्थय सेवा प्रवाहमा समस्या देखा परेको हो ।

मंगलबार ३० जनाको एन्टिजेन परिक्षणमा १० जना महिला र १० जना पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्य २ जना अस्पतालका स्वास्थ्यकर्मी रहेको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइँटेलले बताउनुभयो । मंगलबारबाट एक्स–रे सेवा बन्द भएपनि अन्य सेवाहरु भने बन्द नहुने पनि उहाँले बताउनुभयो ।

४ जना कर्मचारी बिदामा हुँदा अस्पताल सञ्चालन गर्न असहज भएपनि आलोपालो गरेर स्वास्थ्य सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here