पुष–२६ गते सोमबार । सोमबार विज्ञप्दी निकाल्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र भिडभाड नगर्न अपिल गरेको छ । कोेरोना संक्रमणको दर फेरी बढ्न थालेको भन्दै भिडभाड हुने गतिविधि नगर्न अपिल गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार यसबारे सूचना जारी गर्नुभएको हो । कोभिड–१९ को संक्रमण बढ्दो क्रम रहेको सन्दर्भमा जिल्लाभित्र कोभिड–१९ न्युनीकरण गर्न र जनजीवन सामान्य तुल्याइराख्न बढी भिडभाड हुने गतिविधि नगर्न, नगराउन हुन, भौतिक दूरी कायम राख्न जारी विज्ञप्तीमा भनिएको छ ।

साथै मास्कको प्र्रयोग गर्न, गराउन हुन र सबै क्षेत्रहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here