मनहरी–पुस २० गते । नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिकाको प्रथम भेला मनहरी ९ रजैयास्थित अग्नि होत्राश्रमस्थित खुला मैदानमा भएको छ । भेलाले नारायण श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ ।

अध्यक्ष नारायण श्रेष्ठ ।

उपाध्यक्षमा आशा बल र पूर्णबहादुर घलान, सचिव ओमकुमार आलेमगर, सहसचिव सरु प्रजा, जोन प्रजा र बिष्णुबहादुर गुरागाई रहनु भएको छ । ९ वटै वडाबाट छनौट भएका प्रतिनिधिहरुबाट ७५ सदस्यीय गाउँ कमिटी निर्माण भएको हो ।

गाउँ कमिटी अध्यक्षमा चुनिएपछि प्रतिक्रिया दिँदै नारायण श्रेष्ठले पार्टीले अब लय समातेको र निरन्तर जीवन्त पार्टी सञ्चालन हुने बताउनुभयो । आउँदो स्थानीय तहको निर्वाचनमा बहुमत वडाहरुसहित गाउँपालिकामा जीत हासिल गर्नेगरी राजनीतिक काम अघि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार मनहरी गाउँपालिकाको ८ नं वडाबाहेक अन्यत्र सबैमा वडा कमिटी निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी केसी पुरीको अध्यक्षतामा युवा संघ नेपाल, देवकी ढुंगानाको नेतृत्वमा अखिल नेपाल महिला संघ गठन भइसककेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here