मनहरी–पुस १७ गते । मध्यवर्ती उपभोक्ता समिति मनहरीको अध्यक्षमा सीताराम अर्याल निर्बाचित हुनु भएको छ ।

शनिबार भएको निर्बाचनमा निवर्तमान अध्यक्ष पदमबहादुर तितुङलाई पराजित गर्दै अर्याल निर्बाचित हुनु भएको हो । कूल १३ मतमध्ये अर्यालले ९ मत प्राप्त गर्नु भएको थियो ।

अन्य पदहरुमा भने सर्बसम्मति भएको छ । उपाध्यक्षमा चुँडामणि घिमिरे, सचिवमा कमल राई र कोषाध्यक्षमा सन्तोषी अर्याल चुनिनु भएको छ । अन्य सदस्यहरुमा भीमसेन खड्का, बुद्धिबहादुर राई, एकराज कालाखेती, राजेन्द्र श्रेष्ठ, जयराम अधिकारी, भरत परियार, मनिषा राई, राममणि पराजुली र पदमबहादुर तितुङ रहनु भएको छ ।

मनहरी उपभोक्ता समिति अन्तर्गत रहेका समूहहरुमध्येबाट १३ जना प्रतिनिधि चयन भएर पदाधिकारी छनौट भएको हो । अध्यक्षमा निर्बाचित भएपछि अर्यालले आफूले सबै पक्षलाई समेटेर अघि बढ्ने र मध्यवर्ती क्षेत्रको अबधारणा बमोजिम काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here