मनहरी–पुस १२ गते । मनहरीमा एएस अटो सेन्टरले बाइक एक्सचेन्ज मेला सञ्चालन गरेको छ ।

यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर बिक्री गर्दै आइरहेको एएस अटो सेन्टरले पुस ११ देखि १६ गतेसम्म एक्सचेन्ज मेला सञ्चालन गर्ने सेन्टरका सञ्चालक काजीराम बुढाथोकीले बताउनुभयो ।

मेलामा आएर नयाँ बाइक किन्न चाहने ग्राहकका लागि ७ देखि १० हजार रुपियाँसम्म नगद छुट हुने ब्यवस्था छ । त्यसैगरी पुरानो मोटरसाइकल साँटेर नयाँ लैजान चाहेमा मूल्यांकन गरिएको मूल्यमा यामाहा कम्पनीको तर्फबाट १० हजारसम्म थप गरिने उहाँले बताउनुभयो ।

नयाँ मोटरसाइकल वा स्कुटर खरिद गरी फाइनान्स गर्न चाहने ग्राहकहरुले कूल मूल्यको ४० प्रतिशत रकम जम्मा गर्न सकिने र १२ प्रतिशत ब्याजदरमा फाइनान्सको समेत व्यवस्था गरिएको बुढाथोकीले बताउनुभयो ।

हरेक बर्ष एएस अटो सेन्टरले एक्सचेन्ज मेला सञ्चालन गर्दै आइरहेको छ । पुस ११ गतेदेखि सुरु भएको मेलाको दोस्रो दिनसम्मा ५ वटा नयाँ बाइक बिक्री भइसकेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here