मनहरी–पुष ११ गते । नेपालको इतिहासमै चेपाङ समुदायको पहिलो मन्त्री बन्नुभएका सन्त बहादुर चेपाङलाई नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी सममिति मकवानपुरले सम्मान गरेको छ ।

चेपाङ संघ जिल्ला कार्यकारिणी समिति मकवानपुरको भवनामा आइतबार भएको सम्मान कार्यक्रममा मन्त्री चेपाङलाई सम्मान गरिएको
हो ।

चेपाङ समुदायको शिर उच्च राख्दै बागमती प्रदेश सरकारको मन्त्री बन्नुभएकोमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री चेपाङले चेपाङ समुदायको हक अधिकारका लागि सदैब लागि पर्ने बताउनुभयो । आफ्नो कार्यकालमा मनहरी ७ मा रहेको चेपाङ संघको अपुरो भवनलाई पुर्णता दिने समेत बाचा गर्नुभयो ।

साथै कार्यक्रममा चेपाङ सघं केन्दिंय सदस्य खेम बहादुर चेपाङलाई चेपाङ छाात्राबास, चेपाङ संघको भवन लगायतक क्षेत्रमा काम गरेको जिल्ला कार्यकारिणी समतिका अध्यक्ष पुर्ण बहादुर चेपाङले प्रदान गर्नुभएको थियो ।

चेपाङ संघ जिल्ला कार्यकारिणी सममिति मकवानपुरले आयोजना गरेको सम्मान कार्यक्रममा जिल्ला कार्यकारिणी समितिका अध्यक्ष पुर्ण बहादुर चेपाङको सभाध्यक्ष र मन्त्री सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here