मनहरी– पुष ९ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको युनिभर्सल लर्निङ एकेडेमीमा शुक्रबार क्रिसमस विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

ख्रिष्टियन धर्मावलम्बीहरुको प्रमुख चाडको रुपमा रहेको क्रिसमसमा एकेडेमीका विद्यार्थीहरु तथा शिक्षकहरु विच उपहार साटासाट गरी मनाएको हो । कार्यक्रम कक्षा ९ को आयोजनामा भएको हो ।

कक्षा नर्सरी देखी ९ कक्षा सम्म पढाइ भइरहेको एकेडेमीमा सबै धर्मको चाडपर्वलाई उत्तिकै सम्मान गर्नु पर्ने भन्दै शुक्रबार उपहार साटासाट तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको कक्षा ९ का विद्यार्थी तथा क्रिसमस विशेष कार्यक्रमकी कार्यक्रम सञ्चालिका बबिता सुनुवारले बताउनुभयो ।

सुनुवारले यस्ता कार्यक्रमहरु आयोजना गर्न हौसला प्रदान गर्नुहुने विद्यालयका प्रिन्सिपल र कोर्डिनेटरलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो । विद्यालयका कोर्डिनेटर एनी रानाले कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै कोर्डिनेटर रानाले कार्यक्रमलाई व्यवस्थित गर्न समेत कार्यक्रको आयोजक टिम कक्षा ९ लाई नेतृत्व गर्नुभएको थियो ।

कार्यक्रम उक्त विद्यालयका प्रिन्सिपल शुक्र बहादुर प्रजाको सभापतित्व र विद्यालका शेयर सदस्य तथा लेखापाल रेनु पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here