मनहरी–पुष ०३ गते ।
मनहरी गाउँपालिकाका १७ बर्ष भन्दा मुनी र १२ बर्ष माथिका करिब ५ हजार बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकारको पुष ४ गते आइतबार देखि हुने देशव्यापी अभियान अनुसार मनहरी गाउँपालिमा पनि खोप लगाउन लागिएको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।

आइतबारबाट मनहरी गाउँपालिका भरिका विद्यालयहरुमा गएर उक्त उमेर समुहका विद्यार्थीहरुलाई खोप लगाउने तयारी गरेको समेत उहाँले बताउनुभयो । सो अभियानका लागि गाउँपालिका भरिका सबै सरकारी तथा निजि विद्यालयहरुलाई शिक्षा शाखा मार्फत उक्त उमेर समुहका विद्यार्थीहरुको नामावली संकलन गर्न भनिएको थियो ।

पुष ४ गते आइतबार देखि सुरुभएको खोप अभियान पुष १७ गते सम्म चल्ने पनि उहाँले बताउनुभयो । खोप अभियानमा जानका लागि गाउँपालिका स्वास्थ्य शाखाले पुर्ण तयारी गरिसकेको छ ।

करिब ५ हजार बालबालिकाहरुलाई लगाइने भनिएको खोप सबै बालबालिकालाई पुग्ने गरि स्वास्थ्य शाखा आइसकेको छ । उक्त उमेर समुहका बालबालिकाहरुलाई मोडेर्नाको पहिलो मात्रा लगाइने छ ।

यसको दोस्रो मात्रा २१ दिन भित्रमा लगाइसक्नु पर्ने पनि व्यवस्थापक लुइटेलले बताउनुभयो । यसको दोस्रो मात्रा पनि २१ दिन भित्र नै लगाइसक्ने गरि तयारी गरिएकोले समयमा नै लगाइने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here