मनहरी–मंसीर २७ गते । साना किसान कृषि सहकारी संस्था मनहरी ३ को बार्षिक साधारण सभा भएको छ । साधारण सभामा संस्थाकी अध्यक्ष राधिका ठकुरीले गत आर्थिक बर्षमा गरिएका आर्थिक र सामाजिक क्षेत्रका काम कारबाही तथा चालू आर्थिक बर्षमा भइरहेका कार्यक्रमहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी संस्थाका प्रवन्धक सुरेन्द्र तितुङको तर्फबाट गत आर्थिक बर्षको आर्थिक कारोबारबारेको प्रतिवेदन प्रस्तुत भएको थियो । लेखा समितिका तर्फबाट देवीमाया तामाङको तर्फबाट आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत भएकामा सबै प्रतिवेदनहरु पारित गरिएको प्रबन्धक तितुङले जानकारी दिनुभयो ।

प्रवन्धक तितुङका अनुसार सहकारीले गत आर्थिक बर्षमा ५७ लाख ५४ हजार रुपियाँ आम्दानी गरेको छ भने हालसम्म २५ करोड १० लाख रुपियाँ लगानी गरेको छ । सहकारीमा ४०९ वटा समूहमा २ हजार ४ सय ७५ जना शेयर सदस्यहरु आबद्ध रहनु भएको छ ।

साधारण सभामा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने साना किसान बैँककी प्रबन्धक कृष्णकुमारी शर्मा, साना किसान कृषि सहकारी संस्था मनहरीकी अध्यक्ष बिमला कार्की, सोही संस्थाका प्रबन्धक ज्योति सुवेदी, साना किसान कृषि सहकारी संस्था लामिटारका सल्लाहकार नरहरि नन्दन उप्रेती, ४ नं वडाध्यक्ष ध्रुव खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षतामा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here