हेटौँडा–मंसीर २६ गते । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपसचिवमा मकवानपुरे युवा नेता महेश बर्ताैला चुनिनु भएको छ ।

एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सबै प्रदेशका कमिटीको घोषणा हुँदा मकवानपुरका नेता बर्ताैला उपसचिव हुनु भएको हो । तत्कालीन जन आन्दोलन २०६२÷०६३ ताका अनेरास्ववियु जिल्ला अध्यक्ष रहनु भएका बेला बर्ताैला चर्चित हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिबाट जिल्ला हुँदै केन्द्रीय नेतृत्वमा पुग्नु भएका बर्ताैला यसअघि जिल्ला कमिटीमा बसेर काम गरिसक्नु भएका नेता हुनुहुन्छ भने पछिल्लो पटक अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिपछि उहाँ पार्टीको कमिटीमा भूगोलतर्फ आउनु भएको बुझिएको छ । बागमती प्रदेश कमिटीको अध्यक्षमा केशव पाण्डे चयन हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here