मनहरी–मंसीर २५ गते । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको उपाध्यक्षमा मनहरीका व्यवसायी एबम् सुनकालिका हार्डवेयरका सञ्चालक नारायण बर्ताैला चुनिनु भएको छ ।
मनहरीमा झण्डै १ दशकदेखि निर्माण सम्बन्धी सामग्रीहरुको बिक्रेताको रुपमा रहनु भएका बर्ताैला साहित्य र संगीत क्षेत्रमा समेत चासो राख्ने ब्यक्ति हुनुहुन्छ ।
शनिबार हेटौँडामा भएको ११ औँ बार्षिक साधारण सभाले अध्यक्षमा बालकृष्ण बजगाँइ तथा उपाध्यक्षमा बर्ताैलालाई चयन गरेको हो । सचिवमा सुदिप तिमल्सिना, कोषाध्यक्षमा रोशन सापकोटा, सह–सचिवमा मन्नु बानिया, र कार्यसमिति सदस्यहरुमा प्रदिप कुमार तिवारी, रविन श्रेष्ठ, उद्धव देवकोटा, अमित श्रेष्ठ र सुवास दहाल चयन हुनु भएको छ ।
संघका अध्यक्ष कृष्णराम न्यौपानेको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनोज जालान, निवर्तमान अध्यक्ष रवि नेपाल, जुत्ता चप्पल ब्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरी तिमल्सिना, नेपाल ग्याँस बिक्रेता महासंघका बागमती प्रदेश उपाध्यक्ष विनोदमान श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघ कार्य समिति सदस्य तथा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी लगातको उपस्थिति रहेको थियो ।