मनहरी– मङ्सिर ८ गते । मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरको रणनैतिक कार्ययोजना निर्माण कार्यशाला बुधबार सम्पन्न भएको छ । ग्रामिण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल) को आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मनहरी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

यहि मङ्सिर ७ र ८ गते भएको कार्यशालाले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरमा रणनैतिक योजना निर्माणको खाका तयार पारेको हो ।

कार्यशालामा मनहरी गाउँपालिकाका विभिन्न निकायका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, जनप्रतिनिधि, बालसञ्जालको प्रतिनिधि, पत्रकार सहितको कार्यशालाले कार्यक्रमको दोस्रो दिन मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरको रणनैतिक कार्ययोजनाको खाका निर्माण गरेको हो ।

कार्यशालामा सहभागी भएकाहरुलाई ३ समुहमा विभाजन गरि समुहगतरुपमा रणनिति बनाउन लगाइएको थियो । तीनै समुहले बनाएको रणनितिलाई एउटैमा परिमार्जन गरि निचोड निकालिएको थियो । परिमार्जित कार्ययोजना कार्यानवयनको लागि मनहरी गाउँपालिकालाई प्रदान गरिने छ ।

कार्यशालाको दोस्रो दिन समापन समारोह मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै बिष्टले २ दिने रणनीति निर्माण कार्यशालाले स्थानिय स्तरमा रणनीति निर्माण गर्न शिक्षा मिलेको बताउनुभयो । साथै यस २ दिने कार्यशालाले निर्माण गरेको रणनीति गाउँसभाबाट पास गर्न सकिने तर यसको कार्यान्वयनको लागि सबैजना लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै समापन समारोहमा बोल्दै मनहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले २ दिने रणनीति निर्माण कार्यशालाले निर्माण गरेको कार्ययोजना कार्यान्वयन गर्न सके मानब बेचबिखन तथा ओसारपसार न्युनिकरण हुनेमा विस्वास व्यक्त गर्नुभयो ।

मानब बेचबिखन सांगठनिक अपराध भएकोले यसको न्युनिकरणको लागि पनि सांगठनिक भएर नै लाग्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले कार्यशालाले निर्माण गरेको कार्ययोजना निकै नै सान्दर्भिक रहेको बताउनुभयो ।

राडो नेपालका कर्मचारी राजु राउतले सञ्चालन गर्नुभएको कार्यशालामा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको अधिवक्ता मन प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यशालामा मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तान, वडा सदस्य पुस्कर सुवेदी, मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुब खड्का, वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष विष्णु बहादुर थिङ, मनहरी गाउँपालिकाका कार्यपालिका सदस्यहरु, मनहरी एमएमका स्टेशन म्यानेजर शिब कुमार रिजाल, प्लान इन्टरनेशनल नेपालका रिता विस्वास, महिला तथा बालबालिका शाखाका प्रमुख शान्ती अधिकारी, मनहरी गाउँपालिका सामाजिजक विकास शाखाका प्रतिनिधि, राष्ट्रिय रोटरी माबीका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बाल सञ्जालका प्रतिनिधि, सहकारी अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here