शान्ती फाउन्डेसनद्वारा सञ्चालित हाम्रो सम्मान परियोजनाले मनहरी गाउँपालिकाको नौ वटै वडामा वडा स्तरिय मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिती निर्माण गरि कार्य सुरु गरेको छ । वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिती निर्माण गरेको हो ।
त्यस्तै गाउँपालिकामा गाउँपालिका अध्यक्षको संयोजकत्वमा बाल अधिकार समितीका पदाधिकारी, स्थानिय पत्रकार, स्थानिय प्रधानाध्यापक, प्रभावित व्यक्ति, प्रहरी सहितको ११ सदस्यीय समिती निर्माण गरि काम गरिरहेको हाम्रो सम्मान परियोजनाको सामाजिक परिचारिका देबकी ढुङ्गानाले बताउनुभयो । यस परियोजनाले मानब बेचबिखन र एच.आई.भिं प्राभावितको क्षेत्रमा काम गरिरहेको ढुङ्गानाले बताउनुभयो ।
प्रत्येक वडाको टोल छिमेकमा मानब बेचबिखन न्युनिकरणको लागि निगरानी गर्ने कार्य गरिरहेको छ । हाल मानब बेचबिखनको स्वरुप बद्लिएकोले यसका विषयमा जानकारी गराउदै आइरहेको पनि उहाँले बताउनुभयो । परियोजनाले गाउँपालिकालाई दुई पटक स्वास्थ्य सामग्री तथा हाइजिन किट समेत प्रदान गरेको छ ।
दुई पटक गरेर २६३ थान स्वास्थ्य सामग्री प्रदान गरेको हो । पहिलो पटक १२५ र दोस्रो पटक १२८ गरि कुल २६३ थान स्वास्थ्य सामग्री प्रदान गरेको उहाँले बताउनुभयो ।
उक्त स्वास्थ्य सामग्री मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मनहरी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीहरु टिकाराम अधिकारी र ज्योतिराज लुइटेललाई प्रभावित व्यक्तिलाई हस्तान्तरण गर्नको लागि प्रदान गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य सामग्री विशेष गरी कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु र सुत्केरी महिलाहरुलाई गाउँपालिकाको समन्वयमा आबश्यक हेरेर वितरण गरिने छ ।